News समाज

मन्त्रीज्यूको घिनलाग्दो हर्कत, खैनी हातमा थुकेर संसदभित्रै फाले [भिडियाेसहित]

मन्त्रीज्यूको घिनलाग्दो हर्कत, खैनी हातमा थुकेर संसदभित्रै फाले [भिडियाेसहित]

पुस - १८ । सोमबार व्यवस्थापिका संसदभित्रै शहरी विकास मन्त्रीले हातमा खैनी थुकेर टेवलमुनि फुत्त फालेको दृश्यले नेपालीहरुको घिनलाग्दो व्यवहार देखाका छन् । मन्त्रीहरुको पंक्तिमा बसेका सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले नजानिदो गरी मुखमा रहेको खैन जिब्रोले खेलाउँदै दाहिने हातमा राखेर आफू बस्ने कुर्सी मुन फ्याँकिदिए । संसदको गतिरोध अन्त्य गर्न सभामुख ओनसारी घर्तीले आह्वान गरेको बैठकमा यस्तो घिन लाग्दो दृष्य देखिएको हो । आजको बैठकमा सुरु हुनासाथ एमाले सांसदहरु उभिएर विरोध जनाए । सभामुखले सबैलाई बस्न आग्रह गरिन् । तर, सांसद्हरुले उनको कुरा टेरेनन् । सभामुखले सांसदहरुलाई सम्झाइरहँदा यस्तो दृष्य देखिएको हो । संसदको प्रत्यक्ष प्रसारण हेरिरहेकाहरु मन्त्रीज्यूको हर्कत देखेर छक्क परे । दृष्यमा मुखमा केही राखेको चिज चलाए जस्तो देखियो । त्यो खैनी थियो । उनले मुखमा च्यापेको खैनी जिब्रोको सहायताले ओठमा ल्याए । आफ्नै दाहिने हातमा थुके । र आफू बस्ने कुर्सीको दाहिनेतिर फ्याँकिदिए ।

अर्जुन नरसिंह केसी शहरी विकास मन्त्री

विशेष