News

प्रदेश नं १को राजधानी इटहरी !

प्रदेश नं १को राजधानी इटहरी !
पुस - १८ । नेकपा (एमाले) का सचिव भीमप्रसाद आचार्यले तराई, पहाड र हिमाली भूभागमा बसोबास गर्दै आएका जातिलाई एकापसमा जुधाउने ढङ्गले संविधान संशोधनको प्रस्ताव आएको बताएका छन् । रामधुनीभासी नगरपालिकाको दोस्रो बजेट सार्वजनिक तथा नीति कार्यक्रम घोषणासभाका अवसरमा सञ्चारकर्मीसँगको अन्तक्र्रिया कार्यक्रममा उनले प्रदेश नं ५ का कसैले पनि सीमाङ्कन फेरबदलको कुरा समेत नउठाएका विषयमा सरकारमा सहभागी राजनीतिक दलले प्रस्ताव ल्याएर मुठभेट निम्त्याउने कार्य गरेको आरोप लगाए । उनले प्रदेश नं १ को राजधानी इटहरी हुन सक्ने प्रबल सम्भावना बढिरहेको तथा सुनसरी, मोरङ र झापा कुनै पनि हालतमा २ नं प्रदेशमा जाने परिकल्पनासम्म गर्न नसकिने जिकिर गरे । त्यस अवसरमा नगरपालिकाका कार्यकारी अधिकृत प्रमोदकुमार चौधरीले आव २०७४÷७५ का लागि रु १६ करोड १२ लाख नौ हजार ५०० को बजेट सार्वजनिक गर्दै नगरपालिकालाई वातावरणीय हिसाबले स्वच्छ बनाउने अभियानलाई जोड दिने नीति तथा कार्यक्रम बजेटमा भएको बताए ।  

इटहरी भीमप्रसाद आचार्य

विशेष