विदेश

रात्रिक्लब आक्रमणका आठ जना आरोपित पक्राउ

रात्रिक्लब आक्रमणका आठ जना आरोपित पक्राउ
पुस–१८ । टर्कीकाे इस्तानबुल आतङ्वादविरोधी प्रहरी बलले विदेशीसहित ३९ जनाको ज्यान जाने गरी एउटा रात्रिक्लबमा आक्रमण गर्ने आठ जना आरोपित व्यक्तिलाई सोमबार पक्राउ गरेको जनाएको छ । इस्लामिक स्टेट (आईएस) समूहले जिम्मेवारी लिएको उक्त घटनामा ३९ जनाको मृत्यु भएको थियो भने ६५ जना घाइते भएका थिए । इस्तानबुल प्रहरीले रात्रिकालीन रैना क्लब आक्रमणमा संलग्न रहेको आशङ्कामा आठ जनालाई पहिलो पटक सुरक्षा नियन्त्रणमा लिएपछि थप कारबाही अघि बढाएको बताएको टर्कीको डोगान नयुज एजेन्सीले जनाएको छ । यसैबीच इस्तानबुल आक्रमणमा परी मृत्यु हुने अधिकांश विदेशी नागरिक भएको बताइएको छ । मृतकमध्ये २७ जना विदेशी घटनामा मृत्यु भएकामध्ये ११ जना टर्कीका नागरिक रहेको पुष्टि भएको छ भने बाँकी २७ जना विभिन्न देशबाट टर्की पुगेका विदेशी पर्यटक रहेको थाहा भएको छ । एक जनाको अझै परिचय खुल्न नसकेको बताइएको छ । पछिल्लो जानकारीअनुसार घटनामा दुई महिलासहित पाँच जना साउदी नागरिकको मृत्यु भएको र ११ जना घाइते भएको इस्तानुबलस्थित साउदी अरबका वाणिज्यदूतलाई उद्धृत गर्दै एक साउदी पत्रिका असरत अल असलले जनाएको छ । घटनामा जोर्डनका दुई, इराकका तीन, लेबनानका तीन, ट्युनिसियाका दुई, भारतका दुई, मोरक्कोका दुई र एक जर्मन नागरिकको मृत्यु भएको बताइएको छ । उक्त घटनामा क्यानाडा, रसिया, कुवेत, बेल्जियम र लिबियाका पनि एक÷एक जनाको मृत्यु भएको सूचना सम्बन्धित देशका कूटनीतिक अधिकारीले जनाएका छन् । रासस-एएफपी

टर्की पक्राउ

विशेष