विदेश

थाइल्यान्डमा सडक दुर्घटनामा पच्चीसको मृत्यु

थाइल्यान्डमा सडक दुर्घटनामा पच्चीसको मृत्यु
पुस १८ । पूर्वी थाइल्यान्डको चोनबुरी प्रान्तमा सोमबार एक यात्रु वाहक भ्यान र मिनी ट्रक एक आपसमा ठक्कर खाँदा २५ जनाको मृत्यु भएको छ । घटनामा भ्यानमा सवार १४ जना र ट्रकमा सवार ११ यात्रुको मृत्यु भएको थाई सुरक्षा अधिकारीले बताएका छन् । स्थानीय समयअनुसार दिउँसो २ बजे वानबुङ जिल्लाको ३४४ रोडमा भएको उक्त घटनामा दुई जना यात्रु बाँच्न सफल भएको बताइएको छ । यात्राकै क्रममा भ्यान चालक निदाएका कारण दुर्घटना हुन पुगेको प्रारम्भिक अनुसन्धानपछि थाई प्रहरीले बताएको छ ।

थाइल्याण्ड सडक दुर्घटना

विशेष