ब्राजिलको कारागारमा झडप, ५६ जनाको मृत्यु

पुस १९ । ब्राजिलको एक कारागारमा कैदीबन्दीबीच भएको झडपमा मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
ब्राजिलको एमेजोनस राज्यस्थित मानअसमा लागूऔषध तस्करीको आरोपमा पक्राउ गरी राखिएका कैदी बन्दीबीच झडप हुँदा थुप्रै घाइते भएका छन् ।
कैदीबन्दीका दुई समूहबीच भएको झडपको मौका पारेर केही फरार भएका छन् । करिब १७ घण्टासम्म चलेको भिडन्तपछि कैदीहरुले हतियारसहित आत्मसमर्पण गरेको बताइएको छ ।
कैदीबन्दीले नियन्त्रणमा लिएका १२ जना सुरक्षागार्ड पनि मुक्त भएका छन् । घटनापछिको छानबिनका क्रममा कारागारको पर्खालमा हतियार लुकाएर राखेको भेटिएको थियो । ब्राजिल विश्वमै चौथो बढी कैदीबन्दी भएको मुलुक हो ।
जहाँ ६ लाख कैदीबन्दी छन् । झडप भएको समयमा कारागारमा १२ सय २४ जना रहेको बताइएको छ । कारागारको क्षमता भने ४ सय ५४ कैदी बन्दी राख्ने रहेको छ ।
brazil
