विदेश

विश्वचर्चित नेताका घडी सोख

विश्वचर्चित नेताका घडी सोख

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘फेसन कन्सस’ नेता हुन् । उनले ‘ए लांगा एन्ड सोन टर्बोग्राफर प्योर ले मेरिट’ नामक घडी लगाउँछन । उक्त घडीको मूल्य झण्डै पाच करोड ३० लाख रुपैयाँ पर्छ । उनीसँग पाटेक फिलिप र ब्लांक पाँ ब्रान्डका बहुमुल्य घडी छन । अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन पनि घडीका सौखिन हुन ।

उनीसँग दुई हजार आठ सय डलरबाट सुरु हुने कोबोल्ड ब्रान्डका घडी तीन वटा छन । यस्तै, १२ हजार ६ सय डलर मूल्य पर्ने कार्टिएर सान्टोस डुमोन्ट ब्रान्डको घडीका साथै महँगो मूल्यका पानेराइ लुमिनर र रोजर डुबुइस ब्रान्डको घडी पनि छ । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ दुनियाँमा सबैभन्दा महँगो घडी लगाउने नेतामध्येका हुन । उनले ४६ लाख डलर मूल्यको लुइस मोइनेट ब्रान्डको घडी लगाउँछन ।

फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजी ह्वाइट गोल्ड पाटेक फिलिप ब्रान्डको घडी लगाउँछन । इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बुर्लोस्कोनी पनि महँगो घडीका सौखिन हुन । उनी साढे पाँच करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने भ्याचेरोन कन्स्टान्टिन ब्रान्डको घडी लगाउँछन ।

Putin

विशेष