अर्थ News

नाता र नोटको करामतः हप्ता दिनसम्म बधाइ एउटालाई, नियुक्ति अर्कैलाई

नाता र नोटको करामतः हप्ता दिनसम्म बधाइ एउटालाई, नियुक्ति अर्कैलाई


पोखरा विश्वविद्यालयका सहप्रध्यापक एंव निर्देशक डाक्टर रबिन्द्र घिमिरेलाई बधाइको ओइरो लाग्यो । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले घिमिरेलाई बिमा समितिको अध्यक्ष नियुक्त गरेको खबर बाहिरियो । प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयलाई उदृत गर्दै समाचार प्रकाशित भए ।

बिमा बारे पीएचडी गरेका घिमिरेको नियुक्ति विज्ञता र बिरासतका हिसावले उचित भएको भन्दै बधाइ दिइयो । उनको नियुक्तिको निर्णय हुनुपूर्व अर्थमन्त्री कृष्णबहादुर महराले बधाइ दिएका थिए । माओवादी जनयुद्धमा तीन बर्ष जेल खेपेका र पूरै परिवार युद्धमा लागेको पृष्ठभूमीका घिमिरेको नियुक्तिबाट माओवादीवृत्तले खुशी व्यक्त गर्यो ।

नियुक्ति लिन घिमिरे काठमाडौं हानिए । काठमाडौं आएपछि घिमिरे चाल पाए ‘अर्थमन्त्री महराले घिमिरेलाई १ नम्बरमा राखेर लगेको प्रस्तावबारे मन्त्रिपरिषदमा छलफल भएपनि कुनै निर्णय भएको रहेनछ । प्रधानमन्त्री प्रचण्डले अर्को बैठकमा निर्णय गर्ने भनेपछि रोकिएको थियो ।

अर्को बैठकबाट निर्णय हुने र नियुक्ति बुझ्ने हिसावले घिमिरे काठमाडौंमा बसिरहे । संचारमाध्यममा समाचार बनिरहे । उनले सोध्ने जतिलाई समाचारमा आफ्नो नियुक्ति भएको भनिएपनि आफुले नियुक्तिबारे जानकारी नपाएको प्रतिक्रिया दिए ।

सोमबार मन्त्रिपरिषदले बिमा समितिको अध्यक्षमा नियुक्त गरेको समाचार बाहिरियो । तर, कस्लाई गरियो भन्ने खुलाइएन । प्रधानमन्त्रीको सचिवालयले नियुक्ति बारे अनविज्ञता व्यक्त गरे । दिनभर घिमिरे अन्यौलमा रहे । साँझपख घिमिरेलाई फोन आयो ‘चिरञ्जीवि चापागाईँ अर्थ मन्त्रालयमा छन् । उनकै नियुक्ति भएजस्तो छ ।’

घिमिरे निकट एक माओवादी नेताले भने, ‘त्यसपछि हामीलाई कथाले अर्कै रुप लियो भन्ने लाग्यो । घिमिरेसँग पार्टी ऋणमा रहेको भन्दै बीचमा कुरा आएको थियो । जेलनेल भोगेको व्यक्तिलाई के ऋण भनेपछि कुरा बिग्रियो भन्ने लागेको छ ।’

एमाले पृष्ठभुमीका चापागाईँ नेपाल राष्ट्र बैँकमा निर्देशक हुन् । उनी अर्थमन्त्री महराका स्वकीय सचिव हेमलाल चापागाईँ अर्थात हिमाल शर्माका नातेदार हुन् । बाग्लुङ घर भएका चापागाईँको माओवादी नेता दीनानाथ शर्मासँग पनि निकटको सम्बन्ध छ । माओवादी एक नेताले चापागाईँलाई ‘हिमाल र दिनानाथको आर्शिबाद लागेको, नोट र नाताले नियुक्ति दिलाएको’ जनाए । यसका सम्बन्धमा शर्माद्वयसँग प्रतिक्रिया लिन नेपाल आजले प्रयास गरेको थियो । उनीहरुको फोन उठेन ।

नियुक्तिका विषयमा पैसा मागिएको हो कि हैन भन्ने बारेमा रबिन्द्रले केही बताउँन चाहेनन् । उनले आफ्नो आङ कनाएर आफैँलाई छारो हुने प्रतिक्रिया दिए ।

बधाइ खाएर पनि नियुक्ति नपाएपछि घिमिरेले सामाजिक संजालमा भावपूर्ण प्रतिक्रिया दिएका छन् । उनले आफु बिमा क्षेत्रमा क्रियाशिल हुने भन्दै निराश नहुन सबैलाई आग्रह गरेका छन् ।

Bima Samiti Chiranjibi Chapagain Rabindra Ghimire

विशेष