भेनेजुएलामा सैनिक हेलिकोप्टर दुर्घटनामा १३ बेपत्ता

पुस - १९ । भेनेजुएलाको एमाजोनस् राज्यको पुएर्टो एयाकुचो र ला इस्मेराल्डाबीच उडिरहेको एक सैनिक हेलिकोप्टर गत डिसेम्बर ३० मा दुर्घटनाग्रस्त भएको स्थानीय सरकारी अधिकारीहरुले सोमबार पुष्टि गरेका छन् ।
युनियन रेडियो नामक स्थानीय सञ्चार माध्यमका वरिष्ठ अधिकारी लिबोरिओ गुआरुल्लासँग लिएको एक टेलिफोन अन्तर्वार्तामा उडीरहेकै अवस्थामा हेलिकप्टर खसेको बताएका छन् ।
हेलिकोप्टरमा दुर्घटना भएको पुष्टि भएता पनि यसमा सवार रहेका आठ जना सुरक्षाकर्मी, पाँच सर्वसाधारण सहित १३ जनाको अवस्था अज्ञात भएको जनाइएको छ । दुर्घटना हुनेवित्तकै स्थानीय समुदायको सहभागीतामा खोजी कार्य सुरु गरिएको थियो ।
गुआरुल्लाका अनुसार विमान के कसरी दुर्घटना भयो भन्ने बारेमा विस्तृत विवरण थाहा नभएको तर उडिरहेको विमाान खसेकोसम्म पुष्टि भएको बताउनु भएको छ । उनले आफूहरु आधिकारीक जानकारीको प्रतिक्षामा रहेकोसमेत बताएका छन् ।
Vebnezuela
भेनेजुएला