मुख्य समाचार News

मन्त्री केसीले गल्ती स्वीकार गर्दै भने, ‘मैले गल्ती गरेकै हो’

मन्त्री केसीले गल्ती स्वीकार गर्दै भने, ‘मैले गल्ती गरेकै हो’
पुस – १९ । सोमबार व्यवस्थापिमा संसद् बैठक चल्दै गर्दा बैठकस्थलमै खैनी फालेर आलोचित भएका सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले आफूले गल्ती गरेको स्वीकार गरेका छन् । सोमबारको संसद बैठकमा कांग्रेस नेता समेत रहेका केसीले हातमा ‘सुुर्ती’ थुकेर संसदभित्रै फालेका थिए । यो भिडियो सार्वजनिक भएपछि उनको चर्को अलोचना भएको छ । मंगलबार राजधानीमा आयोजित एक अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री केसीले आफू अस्वस्थ्य भएका कारण गल्ती भएको बताए । ‘म केही दिनदेखि नै अस्वस्थ्य थिएँ, हिजो संसद्मा देखिएको दृश्य स्वभाविक भएको गल्ती हो,’ मन्त्री केसी स्पष्टिकरण दिदै भने ‘एक्कासी घाँटी सर्क्यो, मैले गल्ती गरेकै हो ।’ केसीले आफ्नो घाँटीमा समस्या भएकाले उक्त गल्ती भएको स्पष्टिकरण दिए । मन्त्री केसीले बाध्यतालाई नबुझी समाचार बाहिर आएको बताए । केसीले आफू नै संसदको मर्यादापालक भएको भन्दै आफ्नो आलोचना गर्नेलाई देखेर हाँसो लागेको बताए । ‘संसदीय मान्यता मलाई थाहा छ, पालक पनि मै हुँ, तर हिजो त्यस्तो भयो ।’ उनले भने ।

अर्जुननरसिंह केसी

विशेष