राजाबाट खोसिएको श्रीपेच दरबारमा कुच्चिएछ
पुस २० । राणाहरुको दृष्टान्त पेश गर्दै ज्ञानेन्द्र शाहले राजाको रुपमा नारायणहिटीबाट बहिर्गमनपूर्व आफ्नो वंशले पहिरिएको श्रीपेच साथमा लैजाने इच्छा व्यक्त गरेका थिए । तर, तत्कालीन सरकारले उनको इच्छा पूरा गरेन मात्र होइन, अहिले ज्ञानेन्द्रलाई लैजान नदिइएको त्यही श्रीपेचको कथा सुन्यो भने इतिहास र सम्पदालाई माया गर्नेहरु धुरु धुरु रुनेछन् ।
शाहवंशीय श्रीपेचलाई बुलेटप्रुफ सिसाभित्र हालेर प्रदेर्शन गर्ने गरी ०६९ सालमा एउटा प्रतिवेदन पेश भएको थियो । राजदरबारबाट दरबार संग्राहलयमा परिणत भएपछि संस्कृति मन्त्रालयका सहसचिव नारायण रेगम्ीसहित त्यहाँका प्रमुखको रुपमा काम गरेका लेखाबहादुर कार्कीहरुले तत्कालीन सचिव सुशील घिमिरेसमक्ष पेश गरेको प्रतिवदेनअनुशार सार्वजनिक प्रदर्शनीको व्यवस्था मिलाउनुको सट्टा चरम लापरबाही गरिँदा श्रीपेच हेर्न नहुने हालतमा पुगेको हो ।
०६९ भदौमा रुपन्देही र सुर्खेत कक्षका झ्यालका पुराना सिसा विस्थापित गरी बुलेटप्रुफ सिसा जडान गरेर श्रीपेच राखिएको थियो । तर, त्यहीको सैलुनमा छ । ज्ञानेन्द्रले दरबार छाड्नासाथ सेनाको एउटा टुकडीे पहरा दिएर श्रीपेच सुरक्षीत राखेको थियो । सैनिक पहरा त अहिले पनि छ तर सेनाका तीन जना जवानमात्रै खटिएका छन् । उक्त श्रीपेचमा ७५० वटा हिराका टुक्रा छन् । टायरमा दुइ हजार सात सय टुक्रा छन् । श्रीपेचको पछाडि तिरको कल्की धेरै महंगो चराको प्वाख बर्ड अफ पाराडाइजको हो । कल्की बाहेकका भागमा हीरा, मोति, माणितक, नवरत्न सुनजडित छन् । –जनआस्था साप्ताहिकबाट