राजनीति News

पारसलाई मात्रै नेपालमा छाडेर पूर्वराजपरिवारका सबै सदस्य बैंककतिर

पारसलाई मात्रै नेपालमा छाडेर पूर्वराजपरिवारका सबै सदस्य बैंककतिर

पुस २० । गणतन्त्र घोषणा गर्नुअघि पोखराको रत्न मन्दिर र चितवनको दियालो बंगलामा हिउँदको समय बिताउने राजपरिवार त्यसपछि भने जाडो छल्नका लागि कहिले तराई त कहिले बैंकक पुग्न बाध्य छ । विगतका वर्षहरुमा सिमरा, झापालगायतका जिल्लामा हिउँद बिताए पनि राजपरिवारका सबै सदस्य यतिबेला बैंककमा छन् । प्राप्त जानकारीअनुसार पूर्वबडामहारानी कोमल, युवराज्ञी हिमानी, नातिनी कृतिका र पूर्वनवयुराज हृदयेन्द्र दुई हप्ताअघि नै बैंकक पुगेका हुन् । भने ज्ञानेन्द्र र नातिनी पूर्णिका गत बुधबार त्यसतर्फ गएका छन् ।

महारानी कोमलको छाती खराब भएका कारण चिसोले अत्यन्त सताउने हुँदा जाडो महिनामा उनलाई काठमाडौं जानु पर्ने बाध्यता छ । दरबार हत्यकाण्डमा लागेको गोलीले उनको छातीमा गम्भीर क्षति पुर्याएको थियो ।

छोरा पारसबाहेक सबै सदस्य एक हप्ताअघि र राजा तथा नातिनी पूर्णिकाचाहिँ पछि जानुको कारणमा पूर्णिकाको विद्यालयको पढाइ रहेको छ । –घटना र विचार साप्ताहिकबाट

विशेष