अर्थ कर्पोरेट News समाज

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

पुस २० । सुनको मूल्य बुधबार तोलामा ३ सय रुपैयाँले बढेको छ । मंसिर २६ गतेयता सुनको मूल्य तोलामा ५३ हजारभन्दा कममा कारोबार हुँदै आएको थियो । बुधबार भने ५३ हजार २ सय रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पुनः उकालो लाग्दै गएपछि बुधबार सुनचाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदी भने प्रतितोला १५ रुपैयाँले बढेको छ । अघिल्लो दिन तोलाको ७ सय ६० रुपैयाँ कायम रहेको चाँदी बुधबार ७ सय ७५ रुपैयाँमा कारोबार भएको छ।

विशेष