विदेश

माइकल ज्याक्सनकी ५० वर्षिय बहिनी पहिलो पटक आमा बनिन्

माइकल ज्याक्सनकी ५० वर्षिय बहिनी पहिलो पटक आमा बनिन्

माइकल ज्याक्सनकी बहिनी जेनेट ५० वर्षमा पहिलो पटक आमा बनेकी छिन् । जेनेट र उनका श्रीमान् विसम अल माना छोराको जन्मपश्चात् निकै खुसी भएका छन् । दम्पत्तीले छोराको नाम एइसा अल माना राखेका छन् । जेनेटका श्रीमान् कतारका एक व्यवसायी हुन् । जेनेटलाई प्रसवमा कुनै समस्या नभएको र उनी आमा बनेपछि आराम गरिरहेको बयानमा उल्लेख गरिएको बीबीसीले जनाएको छ ।

जेनेटले पछिल्लो वर्ष अप्रिलमा आफ्नो चर्चित कन्सर्ट ‘अनब्रेकेबल टूर’ लाई स्थगित गरेका थिए । त्यसपछि नै उनी गर्भवती भएको अनुमान गरिएको थियो । त्यतिबेला ट्वीटरमा एक भिडियो पोष्ट गर्दै आफ्नो प्रशंसकहरुलाई कन्सर्ट स्थगित गरेको जानकारी दिएकी थिइन् ।

जेनेटले आफू श्रीमानसँग परिवार बढाउने सोच बनाइरहेको जानकारी दिएकी थिइन् । उनले सन् २०१२ मा विवाह गरेकी थिइन् । पछिल्लो वर्ष उनले आफ्नो सन्तानका लागि आवश्यक सामग्रीको किनमेल गरिरहेको देखिएको थियो ।

आफ्नो पिताको ९ सन्तानमध्ये सबैभन्दा कान्छी जेनेट पपस्टार माइकल ज्याक्सनकी बहिनी हुन् । माइकल ज्याक्सनको ५० वर्षको उमेरमा सन् २००९ मा मृत्यु भएको थियो ।

विशेष