News

१२ जना बन्द आह्वानकर्ता पक्राउ

१२ जना बन्द आह्वानकर्ता पक्राउ
पुस - २० । काठमाडौँ उपत्यकाभित्र गरिएको सडक विस्तारको विरोधमा बन्द आह्वान गर्ने नेवा ग्वाहाली पुचका १२ जना कार्यकर्तालाई आज दिउँसो २ बजे कालीमाटीबाट प्रहरीले नियन्त्रणमा लिएको छ । बन्दकर्तालाई प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा राखिएको छ । आजै बिहान सोही संस्थासँग आबद्ध डेढ दर्जन कार्यकर्तालाई न्युरोड जनसेवाबाट प्रहरीले नियन्त्रणमा लिएको सो संस्थाका आबद्ध पत्रकार उदेन न्हुसाय्मी बताएका छन् ।

बन्द आह्वान

विशेष