विदेश

इश्तानबुल रात्रिक्लव आक्रमणका दोषी पत्ता लागेको पुष्टि

इश्तानबुल रात्रिक्लव आक्रमणका दोषी पत्ता लागेको पुष्टि
पुस–२० । टर्कीस्थित इश्तानवुलको रेइना रात्रिक्वलमा ३९ जनाको ज्यान लिने आक्रमणकारी पत्ता लागेको र यस विषयमा थप अनुसन्धान जारी रहेको टर्कीका विदेश मन्त्री मेभलट कोभुसोग्लुले बुधबार बताएका छन् । आक्रमणकारी र घटनाका अन्य विषय विस्तृत जानकारी लिने क्रम जारी रहेको विदेशमन्त्रीलाई उदृत गर्दै अनादोलु न्यून एजेन्सीले बताएको छ । यसैबीच डोगान न्यूज एजेन्सीले पनि टर्की प्रशासनले जनवरी १ को रात्रिकालिन क्लव आक्रमणका आरोपित २७ जनालाई इजमिरको ऐजन प्रान्तबाट सुरक्षा नियन्त्रणमा लिएका जनाएकोे छ । प्रहरीले घटनामा सम्लग्न तीन परिवारका अधिकांश सदस्य सहित २७ जनालाई हिरासतमा लिई छानविन सुरु गरिएको डोगान न्यूज एजेन्सीलाई जनाएको बताएको छ । रासस–सिन्ह्वा

इश्तानवुलको रेइना रात्रिक्वल टर्की

विशेष