विदेश

चीन वृद्धाश्रममा आगलागी हुँदा सात जनाको मृत्यु

चीन वृद्धाश्रममा आगलागी हुँदा सात जनाको मृत्यु
पुस–२० । चीनको उत्तरपूर्वी जिलिन प्रान्तमा एक वृद्धाश्रममा बुधबार आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । नीजि घरमा रहेको वृद्धाश्रम केन्द्रमा आगलागी भएको २० मिनेटमा आगोलाई नियन्त्रणमा लिन उद्धार टोली सफल भएपनि घटनामा सातजनाको मृत्युभएको र ३२ जना घाइते भएको र यस घटनाबारे अनुसन्धान सुरु भएको पनि चिनियाँ सुरक्षा स्रोतले जनाएको छ । चीनमा सन् २०१५ भरमा तीन लाख ३८ हजार आगलागीका घटना भएकोमा एक हजार ७४२ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कमा जनाइएको छ । सन् २०१५ हेनान प्रान्तको एक नर्सिङ् होममा लागेको आगलागिमा ३८ जनाको मृत्यु भएको सो घटनााले विश्वलाई स्तव्ध पारेको थियो । यस्तै दुई वर्ष पहिले हिलोङ्जियाङ् प्रान्तमा ११ जनाको नर्सिङ् होमको बिरामीको मृत्यु भएको थियो । रासस–सिन्ह्वा

आगलागी चीन वृद्धाश्रम

विशेष