News

कृपाशुरले अडर मान्नुहोस भन्दै छोरा गणेशको हिरासत म्याद थप गर्न लगाए

कृपाशुरले अडर मान्नुहोस भन्दै छोरा गणेशको हिरासत म्याद थप गर्न लगाए

पुस – २० । पूर्वमन्त्री एवम् एमाले सांसद् कृपाशुर शेर्पाले पक्राउ गराएका आफ्नै छोरा गणेश शेर्पाको थप अनुसन्धान गर्न भन्दै जिल्ला प्रशासन कार्यालयले दुई दिन हिरासतमा राख्ने म्याद थप गरेको छ । कृपाशुरले गणेशलाई अंशको विषयमा छलफल गर्न बलाएर प्रहरीको जिम्मा लगाएका थिए । गौशाला प्रहरीले गणेशको दुई दिन म्याद थप गररे अनुशन्धान गरिरहेको जानकारी दिएको छ । गणेशकी श्रीमती सुजता शेर्पाले पनि उनको दुई दिन म्याद थप भएको बताइन् । उनले कृपाशुरले दिएको उजुरीलाइ उद्धृद गर्दै भनिन् ‘वाइसियलका नाममा बेला बेलामा घरमा आएर धम्क्याउने गरेको, १५ लाख रुपैयाँ भाग गरेको, दश–बाह्र जनाको संख्यामा मान्छे बोलाएर धम्क्याउने गरेको उहाँले उजुरी दिनु भएको रहेछ ।’ प्रहरीले घरकाे कुरालार्इ बाहिर नल्याउनुहाेस् भनि सम्झाउँदा पनि कृपाशुरले अडर मान्नुहोस भन्दै म्याद थप गर्न लगाएको उनले बताइन् । गणेशलाई चावहिलको हेल्पिङ ह्याण्ड अस्पिटल नजिकबाट गौरीधाराबाट खटिएको प्रहरीको टोलीले मंगलबार दिउँसो करिब चार बजे पक्राउ गरेको थियो । पक्राउ गरेको दुई घण्टापछि गौरीधारा प्रहरी बिटले उनलाई गौशाला प्रहरी प्रभाग गौशालामा पठाएको थियो । कृपाशुरले आफ्नै माहिली श्रीमतीपटिट्बाट जन्मेका गणेशलाई अस्विकार गर्दै आएका छन् । तर, गणेशले भने पैतृक अंशको माग गर्दै आएका थिए । मंगलबार पनि अंशकै बारेमा छलफल गर्न बोलाएर कृपाशुर छोरालाई प्रहरीको जिम्मा लगाएको छोरा गणेशको भनाई छ । यसअघि बास माग्न गएकी बुहारी र नाति नातिनालाई कृपाशुरले गोलीले उढाइदिने धम्की दिएका थिए ।

विशेष