विदेश

गतहप्ता अपहरणमा परेकी इराकी महिला पत्रकार मुक्त

गतहप्ता अपहरणमा परेकी इराकी महिला पत्रकार मुक्त
पुस २० । गतहप्ता बग्दादमा अवस्थित आफ्नो निवासबाट अपहरणमा परेकी इराकी महिला पत्रकार बुधबार मुक्त भएकी छिन् । बग्दादको सुरक्षा स्रोतले चिनियाँ समाचार समिति, सिन्ह्वालाई दिएको जानकारी अनुसार ती पत्रकार मङ्गलबार मुक्त भएकी हुन् । मध्य बग्दादमा रहेको उनको निवासबाट गत हप्ता ती पत्रकारलाई अज्ञात व्यक्तिले अपहरण गरेका थिए । अपहरित महिला पत्रकार अफ्राह साक्वी स्थानीय पत्रिकामा काम गर्छिन् । उनलाई गतहप्ता अपहरण गरिएको थियो र गतराति उनको निवासनजिकै ल्याएर छोडिएको थियो । सुरक्षा स्रोतले सो घटना अनुसन्धानरत् रहेको जनाएको छ । उनलाई कसले अपहरण गरेको हो र किन ल्याएर छोडियो भन्ने बारेमा अनुसन्धान गरिने जानकारी सुरक्षा स्रोतले दिएको छ । गएको २६ डिसेम्बरका दिन उनको घरमा आई हतियारधारीहरुले उनको घर फोडेर प्रवेश गरी उनका गर गहना र सामानहरु पनि लुटेका थिए । साथै उनको कार पनि लुटेर लगेका थिए । ती सबै सामानहरु पनि फिर्ता लगिदिएका प्रहरी स्रोतले जानकारी दिएको छ । उनलाई अपहरण गरिएका व्यक्ति एवम् अपहरण गर्नु पर्नाको कारणका बारेमा भने केही खुलेको छैन ।

kidnap

विशेष