News समाज

इतिहास मेट्ने सरकारी प्रयासप्रति चिन्ता प्रकट

इतिहास मेट्ने सरकारी प्रयासप्रति चिन्ता प्रकट

पुस २० । पुस २७ गतेको पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउने पर्ने धारणा बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले राखेका छन् ।

२९५ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा नेपाल प्रज्ञा प्रतिष्ठानमा विश्व हिन्दू महासंघ अन्तराष्ट्रियले आयोजना गरेको “नेपाल एकिकरणमा बडामहाराजाधिराजको दूरदर्शिता, हाल मुलुकमा आएको चुनौती र हाम्रो भूमिका बिषयक प्रबचन गोष्ठिका वक्ताहरुले यस्तो धारणा राखेका हुन् ।

वक्ताहरुले पुस २७ लाई राष्ट्रिय दिवसका रुपमा मनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । कार्यक्रममा पूर्व सेनापति प्यारजंग थापाले पृथ्वीनारायण शाहको योगदान विर्सनु भनेको इतिहास मेटाउनु सरह हुने बताए । उनले इतिहास मेटेर कुनै पनि जाति र मुलुक समृद्ध हुन नसक्ने दाबी गरे ।

वक्ताहरु प्रेम कैदी, देबेन्द्रलाल नेपाली , पिएल सिंह , माओबादीका ध्रुव रुपाखेती , दीर्घराज प्रसाईंलगायतले धारणा राखेका थिए । विश्व हिन्दू महासंघ अन्तराष्ट्रियकाअस्मिता भण्डारीले स्वागत मन्तव्य राखिन् । सो गोष्ठि अन्तराष्ट्रियका अध्यक्ष जनरल भरत केशर सिंहको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद बास्तोला, नेपाल राष्ट्रिय समितिका सभापति नीलप्रसाद भण्डारीले धन्यवाद ज्ञापन प्रकट गरे । नेपाली सेनाका रथिहरु शान्तकुमार मल्ल , भिक्ट्रि शमशेर राणा, क्षेत्रबिक्रम शाह, रथि दुर्गालाल अर्याल , विश्व हिन्दु महासंघका पुर्व अध्यक्ष महासेनानी पूर्व सांसद हेमवहादुर कार्की समेतको उपस्थिति थियो ।

विशेष