News समाज

रणजीत रेको ठाँउमा दलबीर सिंहलाई नेपाली राजदूत बनाउने भारतको तयारी

रणजीत रेको ठाँउमा दलबीर सिंहलाई नेपाली राजदूत बनाउने भारतको तयारी

पुस २१ । नेपालका लागि भारतीय राजदूत रणजित रेको कार्यकाल सकिनै लाग्दा भारतले नेपालका लागि नयाँ राजदूतमा सेनाका अवकास प्राप्त अधिकारी पठाउने तयारी गरेको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतीय सेनाका पूर्व प्रमुख दलबीर सिंह सुहागलाई नेपालको राजदूतका रुपमा पठाउने तयारी भारतीय सरकारले गरेको छ ।

नेपालका लागि भारतीय राजदूत रणजित रायको कार्यकाल सकिनै लाग्दा भारत सरकारले उनको स्थानमा प्रभावशाली व्यक्ति पठाउने तयारी गरेको हो ।

नवभारत टाइम्सका अनुसार पछिल्लो समय चीनको प्रभाव नेपालमा पर्दै गएका कारण त्यस्तो प्रभाव कम गर्ने व्यक्तिको रुपमा उनलाई पठाउने तयारी सरकारले गरेको हो ।

नेपाल र चीनबीच पहिलोपटक फेब्रुअरीमा संयुक्त सैन्य अभ्यास हुने तयारी गरेको भन्दै भारतीयले आपत्ति जनाएका छन् ।  सुहाग मंसिरमा नेपाल आएका थिए । उनले नेपालमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

dalbir singh

विशेष