विदेश

विद्रोहीको आक्रमणपछि फरार १५८ कैदीमध्ये ३४ जना नियन्त्रणमा

विद्रोहीको आक्रमणपछि फरार १५८ कैदीमध्ये ३४ जना नियन्त्रणमा
पुस - २१ । फिलिपिन्सको दक्षिणमा अवस्थित किडापवन शहरको जेलमा बुधबार आक्रमण गरी जेलका १५८ कैदीलाई भगाएका २४ जनालाई पुनः नियन्त्रणमा लिइएको फिलिपिनी अधिकारीले बताएका छन् । बुधबार फिलिपिन्सको एक मुसलमान समूहले जेलमा आक्रमण गरी एक अज्ञात समूहले जेलका १५८ कैदीलाई भगाएको फिलिपिनी अधिकारीले बताएका छन् । सुरक्षाकर्मीले घटनामा फिलिपिन्सको इस्लामिक स्टेट (आइएस) समूहसँग आवद्ध रहेको मुसलमान विद्रोहीको हात रहेको हुनसक्ने बताएको छ । राति ०१ बजेको समयमा करिव १०० जना सशस्त्र लडाकूले जेलमा एक्कासी आक्रमण गरेपछि दुई घन्टासम्म गोली हानाहान चलेको र केही कैदी विद्रोहीसहित १५८ जना अन्य कैदीलाई उनीहरुले भगाएको जेल प्रशासनले जनाएको छ । जेलमा एक हजार ५११ जना कैदी रहेकोमा बाँकी कैदी भने भाग्न अस्वीकार गरेका थिए । घटनामा एकजना जेलका गार्ड र छ जना विद्रोहीको मृत्यु भएको थियो ।

Philippines

विशेष