लाइसेन्स निकाल्ने तयारी गर्दै हुनुहुन्छ ? ट्रायल दिने विधि फेरियो
पुस – २१ । चार पांग्रे सवारी साधनको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि लिँदै आएको प्रयोगात्मक (ट्रायल) परीक्षाको ढाँचा परिवर्तत गरेको छ । यातायात व्यवस्था कार्यालय बाग्मती अन्तरगत सिंहदरबारको बग्गीखानास्थित ट्रायल सेन्टरले ट्रायलको बिधि र नियममा नियममा परिवर्तन गरेको हो । अब पहिलेजस्तो पार्किङबाट सवारी सीधै ‘एट’ सेपमा प्रवेश गर्ने छैन । नयाँ ढाँचा अनुसार टी पार्किङबाट ट्रायल शुरु हुने र अन्य ढाँचा यथावत रहने छन् । यसअघि अंग्रेजी अंकको आठ आकारको वृत्तबाट शुरु भई यु घुम्ती, उकालो र टी पार्किङमा अन्त्य हुने गरेको थियो । परीक्षार्थी अन्तिममा असफल हुँदा समय नास हुने गुनास वढेपछि कार्यालयले नियम परिवर्तन गरेको हो । ट्रायल सेन्टरमा चाप बढेपछि अप्ठ्यारो मानिएको ‘टी’ स्टेपलाई सुरुमै ल्याइएको कार्यालयको भनाई छ । अब कमजोर रहेकाहरु पहिलो चरणको ‘टी’ मा नै फेल हुने भएकाले समयको बचत हुने कार्यालयको दाबी छ । गाडीका लागि कार्यालयले सिंहदरबारको प्रमुख द्वारदेखि पश्चिमपट्टि रहेको बग्गीखाना ट्रायल स्पटमा ट्रायल परीक्षा लिँदै आएको छ । ट्रायल दिने विधि लाइसेन्स