News

संसदीय सुनुवाइका लागि दुई न्यायाधीशको नाम सार्वजनिक

संसदीय सुनुवाइका लागि दुई न्यायाधीशको नाम सार्वजनिक
पुस - २१ । सर्वोच्च अदालतको न्यायाधीशका लागि उच्च अदालतका दुई मुख्य न्यायाधीशका सम्बन्धमा संसदीय सुनुवाइ हुने भएको छ । संसदीय सुनुवाइ विशेष समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले संविधानको धारा १२९ बमोजिम उच्च अदालत विराटनगर र पोखराका मुख्य न्यायाधीशद्वय क्रमशः तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीका सम्बन्धमा संसदीय सुनुवाइका लागि आमसञ्चारमार्फत सार्वजनिक गर्ने निर्णय गरेको सभापति कुलबहादुर गुरुङले जानकारी दिए। “आमसञ्चारमार्फत न्यायाधीशद्वयको बिरुद्धमा उजुरी दिने समय १० दिन तोकिएको छ, १० दिनपछि आएका उजुरीमाथि छलफल गरी निर्णय गरिनेछ”– उनले भने । न्याय परिषद्ले यही पुस १८ गते न्यायाधीशद्वय केसी र भण्डारीको नाम सो समितिमा पठाएको थियो ।

सर्वोच्च अदालत

विशेष