मुख्य समाचार News

राष्ट्रिपतिले शितल निवास बाेलाइन् पाँच दलका शीर्ष नेतालाई

राष्ट्रिपतिले शितल निवास बाेलाइन् पाँच दलका शीर्ष नेतालाई
पुस - २१ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख पाँच दलका शीर्ष नेतालाई छलफलकालागि शितल निवास बोलाएकी छन् । मुलुकमा राजनीतिक गतिरोध लम्बिएपछि छलफल गर्न राष्ट्रपतिले पाँच दलका शीर्ष नेतालाई बोलाएकी हुन् । अाज (बिहीबार) बेलकी पाँच बजेबाट शितल निवासमा पछिल्ले राजनीतिक अवस्थाको बारेमा छलफल हुने बताइएको छ । राष्ट्रपतिले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेतालाई राष्ट्रपति भवन शितल निवास बोलाइकी छन् । दलहरु आ–आफ्नै अडानमा रहँदा राष्ट्रपतिले छलफलका लागि बोलाइकी हुन् । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावपछि मुलुकको राजनीति दुई ध्रवमा विभाजित बनेको छ । प्रमुख प्रतिपक्षसहित नौ विपक्षी दल संशोधन प्रस्ताव फिर्ता दिनुपर्ने भन्दै आन्दोलनमा उत्रिएको छ भने सत्तापक्ष संशोधन प्रस्ताव फिर्ता नलिने अडानमा छ । कांग्रेस–माओवादी संशोधन प्रस्तावको पक्षमा छन् भने राप्रपाले यथास्थितिमा संशोधन प्रस्ताव स्वीकार गर्न नसकिने बताएको छ । फोरम लोकतान्त्रिक भने पक्ष वा विपक्षमा खुलेको छैन । फोरम लोकतान्त्रिकलाई आफ्नो पक्षमा ल्याउन सत्ता पक्ष र प्रतिपक्ष लागिपरेका छन् ।

पाँच दल राष्ट्रपति विद्यादेवी भण्डारी शितल निवास

विशेष