विदेश

पार्कका वकीलद्वारा महाभियोग लगाउने कुनै आधार नरहेको दावी

पार्कका वकीलद्वारा महाभियोग लगाउने कुनै आधार नरहेको दावी
पुस  - २१। दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्यून हे माथि लगाइएको महाभियोग प्रस्तावउपर बिहीबार सुनुवाई हुने तयारी भइरहेको बेला उनका वकीलद्वारा राष्ट्रपतिलाई आफ्नो पदबाट छोड्नुपर्ने आरोपमा कुनै तुक नभएको बताएका छन् । दक्षिण कोरियाको संसद्ले राष्ट्रपति पार्कविरुद्ध लगाइएको महाभियोग प्रस्तावमाथि गत महिना मतदान गर्दै पार्कलाई दोषी ठहराएको थियो । पार्कका वकीलले पार्क विरोधी सडक सङ्घर्ष चर्काएर उनका समर्थकमाझ भ्रम पैदा गर्न खोजिएको र संसदमा उनीविरुद्धको महाभियोग प्रस्तावमा आवश्यक बहुमतले मतदान गरेपनि पार्कलाई दोषी देखाइएका विषयमा उनको आफ्नै संलग्नता नरहेको बताए । पार्कमाथि उनका लामो समयदेखि विश्वासिला मित्रका रुपमा रहेर काम गर्दै आएका चोई सुन इलसँग मिलेर दशौँ लाख अमेरिकी डलर बराबरको कोरियाली सेनाका लागि आएको सहयोग दुरुपयोग गरेको आरोप, दुई सामसुङ कम्पनीलाई एक गर्दा आफ्नो पदीय प्रभाव देखाएको लगायतका सत्ताको दुरुपयोग गरेका आरोप लागेका छन् । दक्षिण कोरियाको राष्ट्रिय सभाले पार्कलाई संवैधानिक अधिकारको दुरुपयोग गरेका भनी महाभियो प्रस्तावलाई पारित गरेको छ । पार्कका वकील लि जुङ् ह्वानले भने पार्कमाथि महाभियोग लगाउन विरोधीले पेश गरेको प्रमाणमा कुनै आधार नभएको भन्दै अदालतको फैसला पार्कको पक्षमा आउने विश्वास व्यक्त गरे । पार्कले पटक पटक आफूमाथि लगाइएको आरोपबारे आफ्नो संलग्नता नरहेको जनाउँदै प्रशासन हेर्ने शिलसिलामा भएको कमजोरीबारे क्षमा याचना गर्दै आएकी छिन् । आइतबार सञ्चारकर्मीसँग भएको राष्ट्रिपति पार्कको दुर्लभ कुराकानीमा उनले आफूले सर्वसाधारण जनतालाई आफ्ना नीति तथा कार्यक्रमका भाषणका विषयमा चाइको प्रष्टिकरण सुनाउन चाहेको बताएकी थिइन्।

Park Geun-hye

विशेष