राजनीति News

प्रधानन्यायाधीशको आश्वासन पछि प्रचण्डको साहस बढेर आयो

प्रधानन्यायाधीशको आश्वासन पछि प्रचण्डको साहस बढेर आयो

पुस २२ । प्रधानन्याधीश सुशीला कार्कीसँग बिहीबार बिहान गरेको परामर्श सकारात्मक भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले जसरी पनि संविधान संशोधन प्रक्रिया अघि बढाउने निष्कर्ष निकालेका छन् ।

संविधानप्रति असन्तुष्टि जनाउँदै संशोधनका लागि दबाब दिँदै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग बिहीबारै भएको बैठकमा प्रधानमन्त्रीले आफूले प्रधानन्यायाधीश कार्कीसँग यस विषयमा प्रधानमन्त्रीले आफूले प्रधानन्यायाधीश कार्कीसँग यस विषयमा छलफल गरेको जनाउँदै अब प्रस्ताव नरोक्ने निष्कर्षमा पुगेको बताए । सत्तासिन माओवादी केन्द्र र नेपाली कांग्रेससहित मोर्चाको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटार बसेको बेला दाहालले यस्तो जानकारी गराएका थिए ।

सद्भावना पार्टीका मनिष सुमनका अनुसार ‘प्रधानमन्त्रीज्यूले संविधान संशोधन प्रस्ताव अघि बढाउँदा भोलिका दिनमा संवैधानिक अड्चन हुन्छ कि हुन्न भनेर प्रधानन्यायाधीशसँग आफूले राय लिएको जानकारी दिनुभयो ।’ प्रधानन्यायाधीशले त्यस्तो अड्चन नआउने राय दिएपछि प्रधानमन्त्रीको मनोबल बढेको हो । – नागरिक दैनिकबाट

विशेष