News

नौ दलको शक्ति प्रदर्शनले पुरानो बसपार्क-भद्रकाली हुदै चल्ने सवारी साधन प्रभावित, यी हुन् नयाँ रूट

नौ दलको शक्ति प्रदर्शनले पुरानो बसपार्क-भद्रकाली हुदै चल्ने सवारी साधन प्रभावित, यी हुन् नयाँ रूट
पुस – २२ । प्रर्दशनीमार्गमा एमाले लगायत नौ राजनीतिक दहहरुको विरोध कार्यक्रम भइरहेको कारणले रणद्धिप, पुरानो बसपार्क, भद्रकाली हुदै चल्ने सवारी साधन यतिबेला पूण रुपमा प्रभावित भएका छन् । उक्त स्थान हुदै चल्ने सवारी साधनलाई महेन्द्र शालकिबाट कृष्णपाउरोटी चोक पुतलीसडक हुदै चल्ने ब्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ । प्रर्दशनीमार्ग हुदै चल्ने सवारी साधनलाई सभागृह मोड र पद्धमोदयमोडबाटै ड्राईभर्सन गरिएको छ । त्यस्तै केशरमहल, लौनचौर, लाजिम्पाट, खानिविभाग, संग्रहालय दक्षिणगेट, दरबारमार्ग चोक, जयनेपालहल चोकमा सवारी साधनको चाप रहेको छ । उक्त स्थान हुदै चल्ने सवारी साधनले बैकल्पिक मार्ग प्रयोग गर्नुहुन सम्पूर्ण सडक प्रयोग कर्तालाई ट्राफिक प्रहरीले अनुरोधसमेत गरेको छ ।

विशेष