News

लम्पशारबाद मुर्दावादः केपी ओली

लम्पशारबाद मुर्दावादः केपी ओली
पुस - २२ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित हुन नदिने बताएका छन् । एमालेसहितका विपक्षी दलहरुले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै ओलीले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव राष्ट्रहितविपरीत रहेको भन्दै पारित हुन नदिने दाबी गरेका हुन् । उनले सविधान संशोधन जनताको माग नभएकाले अन्यत्र कसैको आदशे पालना गर्न प्रस्ताव ल्याइएको आरोप लगाए । राष्ट्रघात गर्नेलाई त्यसको विरुद्ध जनमत छ भन्ने देखाउनलाई पनि आज जनशक्ति प्रदर्शन गरेको उनको भनाइ छ । अहिलेको संविधान संशोधनको प्रस्ताव जनताको माग र आवश्यकताले नआएको भन्दै ओलीले अन्यत्र कसैका आदेश पालना गर्न ल्याइएको आरोप लगाए । उनले भाषाका विषयमा गर्न खोजिएको संशोधनले नेपाली भाषा र मातृभाषालाई विस्थापित गर्ने पनि दाबी गरे । उनले भोजपुरी, मैथिली लगायत भाषालाई समाप्त पार्न र हिन्दीलाई स्थापित गर्न संशोधन प्रस्ताव ल्याइएको दाबी गरे । संशोधन प्रस्तावले मुलुकलाई निर्वाचनतर्फ लैजान कुनै सहयोग नपुर्याउने बताए । सम्बोधनका क्रममा अध्यक्ष ओलीले भने, ‘हाम्रा पूर्खाले लड्न सिकाएका छन् । लम्पसार पर्न कसैले सिकाएनन् । त्यसैले नेपाली जनताले अहिलेको ‘लम्पसारवाद’ लाई पनि मूर्दावाद भनिसकेका छन् ।’ उनले हिजो संविधान जारी गर्न नदिने र संविधान च्यात्नेहरु अहिले संशोधनको कुरा गरिरहेको टिप्पणी गरे । ओलीले काठमाडौं उपत्यका र राजधानीमा जागेको यो जागरणलाई देशव्यापी रुपमा फैल्याउने बताएका छन् । उनले फागुनको दोस्रो सातापछि एमालेले मेची–महाकाली अभियान चलाउन लागेको भन्दै अब सिंगो पार्टी तराई केन्द्रित हुने बताए । फागुनको दोस्रो साताबाट मेचीदेखि महाकालीसम्म तराई जागरण सञ्चालन गर्ने पनि ओलीले बताए ।

विशेष