ओलीले चलचित्रका लागि यसरी गरे अभियन, बिरोधसभामै सुटिङ !
नेकपा एमालेका अध्यक्ष केपी ओली चलचित्रको नायकका रुपमा पर्दामा आउँदैछन् । शुक्रबार सोका लागि केपी ओलीले अभिनय गरेका छन् । उनलाई राष्ट्रवादी नायकका रुपमा चित्रण गरिएको चलचित्र रातो सूर्यको सुटिङ शुक्रबार काठमाडौंमा गरिएको हो । एमालेसहित ९ दलले गरेको बिरोधसभामा रातो सूर्य युनिटले सुटिङ गरेको थियो । मुख्य कलाकार ओली विरोधसभाको नेतृत्व गरिरहेका थिए । ओलीले चलचित्रलाई कामलाग्ने गरी डाइलग बोलेका थिए । बिहीबार उनले चलचित्र उत्पादन समुहसँग छलफल गरेका थिए । ओली अभिनित चलचित्र रातो सूर्यको छायाँकन टिमलाई शुक्रबारको सभामा भिन्दै ठाउँ उपलब्ध गराइएको थियो । ड्रोन क्यामराको प्रयोग गरी जुलुश र सभाको दृश्य लिइएको थियो ।
चलचित्रलाई सकेसम्म यथार्थपरक बनाउनका लागि वास्तविक सभाकै प्रयोग गरिएको थियो । ओलीको लोकप्रियता देखाउनका लागि ठूलो संख्या चलचित्रमा देखाउनुपर्ने थियो । जसका लागि शुक्रबारको सभा उपयोगी ठहरियो । चलचित्रको सुटिङ हुन लागेको थाहा पाएपछि मञ्चमा आसिन अन्य दलका नेताले ओलीसँग कुमाइ बाहुनको घुमाइ भन्दै जिस्किएका थिए । चलचित्रको दृश्यका लागि ओलीको नाममा जयजयकारसमेत गरिएको थियो । सोका लागि पूर्वतयारी समेत गरिएको चलचित्र निर्माण आवद्ध स्रोतले जानकारी दियो ।
Rato Surya