पाकिस्तानकाे सडक दुर्घटनामा आठको मृत्यु
पुस–२२ । पाकिस्तानको पञ्जाव प्रान्तमा अवस्थित लडरान जिल्लामा विद्यालयको एक बस रेलसँग ठोक्किँदा आठ व्यक्तिको मृत्यु भएको छ । एक विद्यालयका बालबालिका बोकेको सो सवारी साधन रेलसँग ठोक्किएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
यस दुर्घटनामा सात बालबालिका र बसको चालकको मृत्यु भएको बताइएको छ । पाकिस्तानको पूर्वी भागमा अवस्थित पञ्जाव प्रान्तको लडरान जिल्लाको जलापुर क्षेत्रमा विद्यालयको सो बस रेलवे मार्गबाट पार गर्न लाग्दा रेलसँग ठोक्किएर दुर्घटना भएको सङघीय रेलवे मन्त्री ख्वाजा सआद रफिक्वेले जानकारी दिएका छन् ।
यस घटनामा अन्य चार बालबालिका घाइते भएका छन् । ती सबैलाई उपचारार्थ अस्पताल लगिएको जनाइएको छ । तर ती सबै बालबालिकाको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ । प्रहरीका अनुसार यस घटनामा मारिएका र घाइते भएका सबै बालबालिकाको उमेर पाँचदेखि आठ वर्षको रहेको छ ।
सो घटनाको कारण अनुसन्धानरत रहेको जानकारी दिइएको छ । रासस–सिन्ह्वा
दुर्घटना
पाकिस्तान