विदेश

सिरियामा रहेका रसियाली सशस्त्रबलको सङ्ख्या घटाइने

सिरियामा रहेका रसियाली सशस्त्रबलको सङ्ख्या घटाइने
पुस–२२ । सिरियामा रहेका रसियाली सैन्यबलको सङ्ख्यामा कमि गर्नको लागि केही सैन्य बललाई त्यहाँबाट फिर्ता गर्ने भएको छ । रसियाली सशस्त्र बलका एक अधिकारीले शुक्रबार सो जानकारी दिएका हुन् । टर्की र रुसको सहभागीतामा सिरियामा गत हप्ताबाट सुरु भएको युद्धबिराम पछि रसियाले सो निर्णय गरेको छ । यद्यपि सिरियामा जारी युद्धविरामको केही स्थानमा उलङ्घनसमेत भएको छ । सिरियामा सन् २०११ को मार्च महिनामा सिरियाली राष्ट्रपति बसार अल असदको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछाडि गृहयुद्धमा परिणत भयो । यस गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट पनि दबदबा बढ्दै गयो । जारी यसद्वन्द्वमा परी सन् २०११ देखि हालसम्म तीन लाख १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । लाखाैँ व्यक्ति घाइते भएका छन् भने, लाखाैँले आफ्ना देशभित्र र छिमेकी देशमा शरणार्थी जीवन बिताइरहेका छन् । रासस

रसियाली सैन्यबल सिरिया

विशेष