News

शीतलहरका कारण जनजीवन प्रभावित

शीतलहरका कारण जनजीवन प्रभावित
पुस - २२ । शीतलहर तथा बाक्लो कुहिराका कारण पश्चिम तराईका जिल्लाको सामान्य जनजीवन कष्टकर बन्दै गएको छ । तीन दिनदेखि चिसो बढ्नाका साथै शीतलहर र बाक्लो कुहिराले आकाश छोप्ने क्रम नरोकिएपछि तराईका जिल्लामा दिनभरि घाम लाग्न सकेको छैन । चिसोसँगै बहने सिरेटाले पनि यस क्षेत्रका कमजोर घर संरचना भएका परिवार अधिक प्रभावित भएको पाइएको छ । अत्यधिक चिसोका कारण नागरिकहरु अत्यावश्यक कामबाहेक घरदेखि बाहिर निस्केको पाइँदैन भने कार्यालयहरुमा सेवाग्राहीको उपस्थिति पनि पातलिएको छ । स्थानीय अस्पतालमा कोल्ड डायरिया, रुघाखोकी, विषमज्वर र निमोनिया रोगका बिरामीको पनि चाप बढेको जनाइएको छ । स्थानीय प्रशासन कार्यालयले चिसोबाट नागरिकलाई जोगाउन आवश्यक गृहकार्य थालेको छ । चिसो अत्यधिक बढेपछि स्थानीयवासी आप्mनो टोलका चोक चोकमा आफैँले जोहो गरेको दाउरा बालेर दिनभरि तापेर बसेको देखिन्छ । नेपालगन्ज नगरपालिकाले आगो ताप्न दाउरा उपलब्ध नगराएपछि स्थानीयवासी आक्रोशित समेत भएका छन् । तराईका साथै पश्चिम क्षेत्रका पहाडी तथा हिमाली जिल्लामा पनि हिउँ परेकाले त्यस क्षेत्रमा समेत अत्यधिक जाडो बढेको छ ।

शीतलहर

विशेष