विदेश

शरणाथी युवकलाई सुटकेसमा लुकाइ लैजादै गर्दा एक महिला पक्राउ

शरणाथी युवकलाई सुटकेसमा लुकाइ लैजादै गर्दा एक महिला पक्राउ

पुस – २३ । अफ्रिकन् शरणाथी किशोरलाई सुटकेसमा लुकाएर लैजादै गरेकी एक महिला स्पेनी अधिकारीहरुले पक्राउ गरेका छन् । गत हप्ता अधिकारीहरुले छिमेकी देश मोरक्कोदेखि स्पेनको क्वेटा सीमाना पार गर्दै गर्दा २२ वर्षीया महिलालाई पक्राउ गरेका थिए । उक्त महिलाको सुटकेस परीक्षण गर्दा १९ वर्षीय शरणाथी किशोर भेटिएका थिए । सानो सुटकेसमा रहेकाले उक्त किशोरलाई स्वासप्रस्वासमा समस्या देखिएकाले तुरुन्तै उपचारका लागि पठाइएको स्थानिय अधिकारीले बताएका छन् । सबैभन्दा माथिल्लो भागमा उक्त सुटकेस राखेकाले उक्त महिलामाथि संका गरिएको एक अधिकारीले जानकारी दिए । अधिकारीहरुले एजेन्टको कुरा गर्दा उनले आफ्नो घबराहट नियन्त्रण गर्दै विभिन्न बहाना बनाएपछि उनलाई पक्राउ गरिएको बताइन्छ । क्वेटा पूर्वको मेल्लिा प्रान्तसँग जोडिएको यूरोपको एकमात्र अफ्रिकामा प्रवेश गर्ने सिमाना हो । यो साँघुरो सिमानबाट हजारौँ अफ्रिकन शरणाथीहरु स्पेन प्रवेश गर्ने प्रयास गर्दछन् ।

स्पेन

विशेष