विदेश

सन् २०१६ सबैभन्दा तातो बर्ष

सन् २०१६ सबैभन्दा तातो बर्ष

पुस २४ । सन् २०१६ मा सबैभन्दा बढी तातो वर्षको रूपमा देखिएको छ । पहिलोपटक विश्वको तापक्रमको विश्लेषण गरेको कोपेर्निसस् क्लाइमेट चेन्ज सर्भिसले सन् २०१६ को विश्वभरको तापक्रम वृद्धिको विश्लेषण गरेको हो ।

उसले पृथ्वीको सबैभन्दा बढी तापक्रम वृद्धि भएको महिनाको रूपमा गत वर्षको फेब्रुअरीलाई लिएको छ । सो संस्थाका अनुसार सन् १८८० देखि २०१६ सम्ममा पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्रीले बढी पाइएको हो ।

प्रतिवेदनले भनेजस्तै नेपालको तापक्रममा पनि सन् २०१५ मा भन्दा २०१६ मा शून्य दशमलव २ डिग्रीले तापक्रम वृद्धि भएको पाइएको छ ।

जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार युरोपियन युनियन मातहत रहेको कोपेर्निसस् अर्थात् अब्जर्भेसन प्रोग्रामले तापक्रम वृद्धिदरको विश्लेषण गर्न सुरु गरेको हो ।

सन् ‘२०१६ मा विश्वकै तापक्रम नाघेको छ । ‘विश्वको औसत ताफक्रम १४ दशमलव ८ डिग्री पुगेको थियो । १८ शताब्दीदेखिको तापक्रम हेर्ने हो भने विश्वको तापक्रममा १ दशमलव ३ डिग्री तापक्रम बढी भएको पाइएको छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ ।

गत बिहीबार मात्रै सार्वजनिक गरिएको प्रतिवेदनका अनुसार सन् २०१५ भन्दा सन् २०१६ मा शून्य दशमलव २ डिग्री तापक्रम बढेको छ ।

विगत वर्षको सबैभन्दा बढी तापक्रम भएको वर्षलाई पनि सन् २०१६ ले उछिनेको छ । संयुक्त राष्ट्रसंघका पक्ष राष्ट्रहरूले सन् २०१५ मा गरेको पेरिस सम्झौतामा विश्वको तापक्रम वृद्धिदरलाई २ डिग्रीभन्दा तल राख्ने र यसलाई विस्तारै घटाउँदै १ दशमलव ५ डिग्रीमा सीमित राख्ने उल्लेख गरेको छ ।

सम्झौताको एक वर्षमा भएको तापक्रम वृद्धिले जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिम र क्षतिको समस्या निम्त्याउन सक्नेतर्फ प्रतिवेदनले सचेत गराएको छ ।

‘ग्लोबल वार्मिङ बढ्दै जाँदा उत्पन्न हुने मौसमका कारण तातो हावा चल्ने, भोकमरी र अत्यधिक बाढीको सम्भावना हुन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यसैगरी पृथ्वीको तापक्रम बढ्दै जाने हो भने ठूलो मात्रामा धनराशिको क्षति हुनेछ ।

यसैगरी जाने भने जोखिममा रहेका मुलुकमा स्वच्छ पानी तथा अन्नबालीमा ठूलो गिरावट आउनेछ ।’ कोपेर्निसस् क्लाइमेट चेन्ज सर्भिसका निर्देशक एवं अनुसन्धानकर्ता जुअन डी मार्सिलाले अध्ययनले यस्तो अवस्थाको सिर्जना हुने देखिएको बताए ।

राजधानी

World

विशेष