विदेश

पोर्चुगलका पूर्व राष्ट्रपतिको निधन

पोर्चुगलका पूर्व राष्ट्रपतिको निधन

पुस २४ । पोर्चुगलमा प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेका पूर्व राष्ट्रपति मारियो सोएरिसको निधन भएको छ ।

पोर्चुगलको प्रजातन्त्रका पिताका रुपमा लिइने पूर्व राष्ट्रपति सोएरिसको ९२ वर्षको उमेरमा शनिबार राति निधन भएको हो । झण्डै आधा शताब्दी लामो निरंकुश व्यवस्था अन्त्यको आन्दोलनको नेतृत्व गरेका सोएरिस सन् १९७६ देखि १९७८ सम्म पोर्चुगलको प्रधानमन्त्री थिए ।

सन् १९८६ देखि १९९६ सम्म राष्ट्रपति बनेका थिए । गत महिना स्वास्थ्यमा समस्या देखिएपछि बिलस्बोनको अस्पतालमा भर्ना गरिएको थियो । सुरुमा स्वास्थ्यमा सुधारको संकेत देखिए पनि पछि कोमामा गएका उनको कोमामै रहेका बेला निधन भएको थियो । उनको निधनका बारेमा थप विवरण भने अस्पतालले दिएको छैन ।

सन् १९७४ मा भएको कारनेशन रिभोलुसनमा मुख्य भुमिका खेलेका उनको । यो आन्दोलनले ४८ वर्ष लामो सालाजर निरंकुश शासन अन्त्य गरेको थियो ।

Portugal

विशेष