प्रवास विदेश

५ स्टार विमानस्थलको छैठौं नम्बरमा कतारको हमद विमानस्थल

५ स्टार विमानस्थलको छैठौं नम्बरमा कतारको हमद विमानस्थल

 पुस २४ र कतारको हमद अन्तर्राष्ट्रिय विमानस्थल ५ स्टार विमानस्थल मध्येको छैठौं विमानस्थल बन्न सफल भएको छ । बेलायतको उड्यन संस्थानको र्यांकिङमा उक्त विमानस्थल चुनिएको हो ।

हमद विमानस्थल मध्यपूर्वको सबैभन्दा राम्रो विमानस्थलमा गनिएको छ । गुणस्तर र विमानस्थलको सुविधालाई आधार मानेर विभिन्न देशका विमानस्थलको र्यांकिङ गरिएको हुन्छ ।

उक्त विमानस्थमा सबैभन्दा राम्रो विमानस्थमा सिंगापुर विमानस्थल रहेको छ भने दोस्रो स्थानमा सिओल विमानस्थल छ भने तेस्रो स्थानमा हङकङ रहको छ र चौथो र पाँचौमा क्रमश टोकियो र म्यूनिख रहेका छन् । मध्यपूर्वको सबैभन्दा अग्रणी स्थानमा रहेको उक्त विमानस्थलको सुविधा र सेवाले गर्दा हामीले सफलता पाएको कतार एरवेजका प्रमुख कार्यकारी निर्देशकले बताए ।

उक्त विमानस्थलले सर्वश्रेष्ठ विमानस्थल २०१५ को पुरस्कार समेत प्राप्त गरेको थियो ।

Qatar Airport

विशेष