‘खाडी क्षेत्रमा आतङ्कवादी गतिविधि बढ्नुमा साउदी अरव जिम्मेवार’
पुस–२४ । मध्यपूर्वमा देखिएका आतङ्कवादी गतिविधि हुनुमा साउदी अरवले यस क्षेत्रमा सक्रिय विभिन्न समूहलाई दिँदै आएको आर्थिक, राजनैतिक तथा अन्य खालका सहयोग मुख्य भूमिका रहेको बताइएको छ ।
शनिबार इरानी विदेश मन्त्रालयका प्रवक्ता बहराम क्वसेमीले हालै साउदी अरवका ‘डेपुटी क्राउन प्रिन्स’ मोहम्मद विन सलमानले इरान विरोधी दिएको प्रतिक्रियाप्रति लक्षित गर्दै भने,“साउदी अरवद्वारा तक्फिरी र आतङ्कवादी समूहलाई दिएको संस्थागत सहयोगका कारण यस क्षेत्रमा राजनैतिक अस्तव्यस्तता बढेको हो ।”
बिहीबार प्रकाशित अमेरिकी पत्रिका ‘फरेन अफियर्स’ सँगको अन्तवार्तामा साउदी राजकुमार सलमानले इरानले मध्यपूर्वमा अस्थिरता निम्त्याएको आतङकवादलाई बढावा दिएको र अन्य राष्ट्रको सार्वभौम अधिकारमाथि हस्तक्षेप गर्ने गरेको जनाएका थिए ।
क्वजेमीले भने, “अरव राष्ट्रहरु सिरिया, इराक, र यमनमा रक्तपातपूर्ण अपराध बढ्नुमा इजरायली तथा साउदी अरवको यस क्षेत्रमा सक्रिय आतङ्कवादी समूहलाई दिइदै आएको संस्थागत सहयोग प्रमुख जिम्मेवार छ ।”
क्वजेमीले अनर्गलमा एकअर्कालाई दोषी भनी आरोप लगाउने भन्दा साउदी नेतृत्वले आफ्नो आधारहीन भनाइलाई याचना गर्दै अघि बढ्न आग्रह गरे । रासस
इरानी विदेश मन्त्रालय