विदेश

इरानका पूर्व राष्ट्रपतिको निधन

इरानका पूर्व राष्ट्रपतिको निधन

पुस २५ । इरानका पूर्व राष्ट्रपति अलि अकबर हाशमी रफसन्जानीकोे ८२ वर्षको उमेरमा निधन भएको छ । राजधानी तेहरानको एक अस्पतालमा उनको उपचारका क्रममा निधन भएको हो ।

हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको सरकारी सञ्चार माध्यमले जनाएका छन् । सन् १९८० पछि इरानमा शक्तिशाली नेताको उदयमान भएको मानिन्छ ।

१९८९ देखि १९९७ सम्म उहाँ राष्ट्रपतिमा रहेका थिए भने सन् २००५ को चुनावमा हार व्यहोरेका थिए ।

पूर्व राष्ट्रपतिको निधनमा शोक व्यक्त गर्दै इरान सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।

Iran

विशेष