विदेश

ट्रम्पद्वारा संसार भर रहेका सबै अमेरिकी राजदूतलाई घर फर्कन आदेश

ट्रम्पद्वारा संसार भर रहेका सबै अमेरिकी राजदूतलाई घर फर्कन आदेश

आगामी जनवरी २० देखि ह्वाइट हाउस चलाउने तयारी गरिरहेका अमेरिकाका ४५ औं राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै मुलुकका अमेरिकी राजदूतलाई अमेरिका फर्कन आदेश दिएका छन् ।

उनले सपथ ग्रहण गरेकै दिनदेखि लागू हुने गरि सबै मुलुकमा रहेका अमेरिकी राजदूतलाई फिर्ता हुन उर्दी जारी गरेका हुन् । ट्रम्पले आफ्नो भनाईलाई प्रष्ट पार्दै ट्विट गरेका छन् ‘ओबामा प्रशासनद्वारा गरिएका राजनीतिक नियुक्तिहरु मलाई मन परेका छैनन् ।’

ट्रम्पका प्रवक्ताले यो निर्णय गलत मनशायले नभई बिगतका राजनीतिक दानहरुलाई समयमै अन्त गर्न चालिन लागेको कदम भनेका छन् तर कूटनीतिज्ञहरू उनको भनाइसँग सहमत छैनन् । एकजना अमेरिकन पूर्वराजदूत भन्छन, ‘मलाई लाग्दैन कि यो एक नीतिगत निर्णय हो, यो त खाली प्रतिशोध मात्र हो। सपथ ग्रहण गरेकै महिनामा यसरी सबै पद खालि गरिएको मलाइ अहिलेसम्म थाहा छैन ।’

तर, ट्रम्प यतिमै रोकिने सम्भावना नरहेको उनका प्रेस सचिवले संकेत गरेका छन् । उनी भन्छन, ‘एउटा मात्रै ठूलो परिवर्तन होईन, धेरै ठूला ठूला परिवर्तनहरु हुनेछन । पहिलो दिनमै ट्रम्पले थुप्रै कार्यकारी निर्णय जारी गरेर आर्थिक उन्नति र रोजगारी सृजनाका लागि बाधा दिएका नीति नियमहरू रद्द गर्नेछन् ।

ओबामाले आफ्नो दोस्रो कार्यकालमा २९ जना आर्थिक सहयोग संकलक, ३५ जना राजनीतिज्ञ र ८१ जना करियर डिप्लोम्याटलाई राजदूत नियुक्त गरेका थिए ।

Donald Trump

विशेष