विदेश

इरानी पूर्व राष्ट्रपति रफ्सञ्जानीको निधन

इरानी पूर्व राष्ट्रपति रफ्सञ्जानीको निधन
पुस - २५ । इरानी धर्म गुरु तथा प्रसिद्ध पूर्व राष्ट्रपति अकवर हुजेनी रफ्सञ्जानीको हृदयघातका कारण आइतबार निधन भएको छ । उनी ८२ वर्षका थिए। उनलाई हृदयघात भएपछि आइतबार तेहरानस्थित स्थानीय एक अस्पताल भर्ना गरिएको थियो तर उनलाई बचाउन गरिएको उपचार प्रयासले सफलता पाउन सकेन । आइतबारै उनलाई मृत घोषण गरिएकाे हाे । यसैबीच इरानका सर्वोच्च नेता आयोतोल्लाह अलि खामेनीले आफ्ना पुराना मित्र तथा इरानका पूर्व राष्ट्रपति रफ्साञ्जानीको आकस्मिक निधन भएको भन्दै उनको मृत्युको खबरले आफूलाई स्तब्ध बनाएको बताएका थिए। खामेनीले १९७९ को इस्लामिक क्रान्तिमा पुर्याएकाे योगदानको स्मरण गर्दै मुलुकले एक कर्मयोद्धालाई गुमाएको बताएका छन् । इरानी राष्ट्रपति हसन रुहानीले पनि पूर्वराष्ट्रपति रफ् साञ्जानीको निधनप्रति शोक सन्देश जारी गर्दै मुलुकले एक इमान्दार, राष्ट्रप्रेमी एवम् कर्मठ व्यक्तिलाई गुमाएको बताएका छन् । राष्ट्रपति रुहानीले उनलाई क्रान्ति, धैर्य र प्रतिरोधका प्रतिक भनेका छन्। उनको निधनप्रति रुहानी प्रशासनले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । सन् १९३४ मा जन्मनुभएका रफ्साञ्जानी इरानका प्रभावशाली राजनीतिज्ञ, धार्मिक विद्धान, र इरानका संस्थापक नेता आयतोल्लाह रुहोल्लाह मुसाभी खोमेनीका विश्वासपात्र हुन् । सन् १९८९ देखि १९९७ सम्म राष्ट्रपति भएका रफ्साञ्जानी ले सन् १९७९ को इरानी क्रान्तिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए भने जीवनको उत्तराद्र्धमा उनलाई अनुदार कट्टरपन्थीहरुका लागि चुनौतीपूर्ण व्यक्तित्वका रुपमा लिइने गरिन्थ्यो ।

Akbar Hashemi Rafsanjani

विशेष