कर्दासियनको गहना लुट प्रकरणका सोह्रजना आरोपित पक्राउ
पुस–२५ । अमेरिकी ‘टिभी स्टार’ किम कार्दासियनको बहुमूल्य गहना र अन्य सामान लुट प्रकरणमा आरोजित सोह्र जनालाई सोमबार बिहान पेरिसबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पेरिसस्थित विशिष्ट आवास क्षेत्रमा नकावधारी एक समूह प्रवेश गरी गत अक्टोबरमा कार्दासियनलाई बाँधी उनीसँग करिब ९५ लाख अमेरिकी डलर बराबरको सामान लुटेर लगेको थियो ।
अक्टोबरमा अमेरिकी ‘टिभी स्टार’ कार्दिसियन पेरिसमा भएको भेषभूसा प्रदर्शनी सप्ताहमा सहभागी हुन आएका बेला सो सामान चोरी भएको थियो । रासस
किम कार्दासियन