विदेश

थाइल्यान्डमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो

थाइल्यान्डमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो
पुस–२५ । थाइल्याण्डको दक्षिणी दशवटा प्रान्तमा एक सातादेखि निरन्तर परेको विशाल वर्षाका कारण दक्षिण थाइल्याण्डमा सामान्य जनजीवन प्रभावित भएको बाढी प्रकोप नियन्त्रण विभागका महानिर्देशक काटचाई प्रोमलर्टले बताएका छन् । वर्षापछि बाढी आउँदा सोमबारसम्म कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दुई करिब २०० भन्दा बढी स्थानमा सडकमा क्षति पुग्दा आवागमन अवरुद्ध भएको छ, प्रोमलर्टले भने । बाढीका कारण तीनलाख ३० हजार घरहरुमा क्षति पुगेको छ । यसबाट जनवरी महिनामा नौ लाख ६० हजार मानिस विस्तापित भएका छन् । वर्षाका कारण कतिपय क्षेत्र आंशिक डुबानमा परेपछि करिब दश लाख मानिस प्रभावित बनेका बताइएको छ । थाइल्याण्डको मौसम विभागले मङगलबारदेखि मौसममा सुधार आउने बताएको छ । विभागले नदीका आसपासका क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । यस्तै प्रशासनले डुवानमा परेका वस्तीबाट पानी निकाल्न निकै ठूला पानी तान्ने पम्पको सहयोगमा अनवरत जुटिरहेको, महानिर्देशक प्रोमलर्टले जानकारी दिए । नयाँवर्षको शुरुवातसँगै आएको बर्षाले थाइल्यान्डको पर्यटन व्यवसायलाई पनि नराम्रो असर छोडेको छ । रासस

थाइल्याण्ड बाढी

विशेष