काश्मिरमा अज्ञात समूहको आक्रमणबाट तीन मजदुरको मृत्यु

पुस–२५ । भारत प्रशासित काश्मिरमा सोमबार एक सेनाद्वारा निर्माण गर्दै गरेको बाटोमा अज्ञात समूहको आक्रमणमा मजदुरको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।
सैनिक प्रवक्ता मनिष मेहेताले घटनापछि आक्रमणकारी भागेको र सेनाले फरार आक्रमणकारीको खोजी सुरु गरेको सेनाका जनरल रिजर्भ इन्जिनियरिङ फोर्स शिविरमा मजदुर सुतिरहेको बेलामा आक्रमण भएको जनाएका छन् ।
भारत पाकिस्तानबीचको अन्तर्राष्ट्रिय सिमाना नजिकै अवस्थित शिविर वरपर यसअघि अन्य ठाउँको तुलनामा आतङ्ककारी गतिविधि विरलै हुने गरेका र सेनाको शिविरमा कम ध्यान पुगेको प्रवक्ता मेहेताले बताए ।
आतङ्ककारीले सोमबार बिहानै १.३० बजे आक्रमण गरेका थिए । रासस
आक्रमण
काश्मिर
भारत