विदेश

दोस्रो रुस्लान कप उद्घाटन खेलमा हिमालयन र पुलिसबीच प्रतिस्पर्धा

दोस्रो रुस्लान कप उद्घाटन खेलमा हिमालयन र पुलिसबीच प्रतिस्पर्धा
पुस - २५। दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले हिमालयन क्रिकेट एकेडेमीसँग प्रतिस्पर्धा गर्ने भएको छ । काठमाडौँ क्रिकेट तालिम केन्द्रले साेमबार जारी गरेको खेल तालिकाअनुसार समूह ‘ए’ मा रहेको पुलिसले मङ्गलबार सोही समूहमा रहेको हिमालयन क्रिकेट एकेडेमीसंग प्रतिस्पर्धा गर्ने भएको हो । मङ्गलबार नै हुने अर्को खेलमा समूह ‘बी’ का त्रिभुवन आर्मी क्लबले न्यु राइजिङ स्टार क्लबको सामना गर्नेछ । दुवै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा हुनेछ । सहभागी १६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा पुलिस, हिमालयन एकेडेमी, हिमालयन ह्वाइट हाउस कलेज, पिसी फाइटर, न्यु होराइजन किकेट क्लब भैरहवा, कुलेश्वर क्रिकेट क्लब, नेपाली राइनोज, सशस्त्र प्रहरी बल (एपिएफ) छन् । त्यसैगरी समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, न्यु राइजिङ स्टार, खहरी क्रिकेट क्लब धादिङ, रोयल पिसी फाइटर, एसपिए धनगढी, अनुभूति एजुकेसन फाउन्डेसन वीरगन्ज, रुस्लान केसिटिसी र क्यानोन क्रिकेट क्लब छन् । प्रतियोगितामा दुवै समूहबाट एक एक टोली फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेता टोलीले रु तीन लाख पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले रु दुई लाख प्राप्त गर्नेछन् । त्यसैगरी सेमिफाइनमा प्रवेश गर्ने दुई टोलीले जनही रु २५ हजार प्राप्त गर्नेछन् ।

दोस्रो रुस्लान कप

विशेष