विदेश

ट्रम्पको वरिष्ठ सल्लाहकारमा उनकै ज्वाइँ नियुक्त

ट्रम्पको वरिष्ठ सल्लाहकारमा उनकै ज्वाइँ नियुक्त

पुस २६ । अमेरिकाका ४५औं राष्ट्रपति डोनाल्ड ट्रम्पको मनोमानीको सीमा नाघेको छ । राष्ट्रपतिको सपथ नलिदै उनले आफूलाई समानान्तर राष्ट्रपतिका रूपमा प्रस्तुत गरेका अनेक दृष्टान्तहरू सार्वजनिक भैरहेकै बेला उनले अर्काे अमेरिकी परम्परा तोडेका छन् । उनले आफ्नै ज्वाइँलाई बनाए वरिष्ठ सल्लाहकारमा नियुक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपतिले कानुनतः आफ्ना नाताका मान्छे ह्रवाइट हाउसमा भर्ना गर्न मिल्दैन तर उनले कानून र अमेरिकी परम्पराको समेत धज्जी उडाउँदै आफ्ना ब्यापारी ज्वाईँलाई ह्वाइट हाउसको प्रमुख सल्लाहकार नियुक्त गरेका छन् ।

छोरी इभेन्काका जुइस पति जारेड कुशनर अब डोनाल्ड ट्रम्पका अफिसियल वरिष्ठ सल्लाहकार हुनेछन् । रियल स्टेटलगायतका ब्यापारमा संलग्न कुशनर आफ्नो व्यापार व्यावसाय नै नछोडी ह्वाइट हाउसका वरिष्ठ सल्लाहकार भएका हुन् ।

ट्रम्पको किचन क्याविनेटका एक मुख्य व्यक्तित्व उनले केही समयअघि मात्र वारिसङ्टन डीसीमा नयाँ घर किनेर बसाइ सर्न लागेको समाचार सार्वजनिक भएको थियो ।

विशेष