News

विश्व साइकल यात्री प्याराग्लाइडिङ सिक्दै

विश्व साइकल यात्री प्याराग्लाइडिङ सिक्दै
पुस – २६ । संसारलाई साढे पाँच फन्को साइकलबाट यात्रा गर्दै सगरमाथाको चुचुरोमा पुगि आफ्नो संकल्प पूरा गरेका पहिलो विश्व साइकल यात्री पुष्कर शाहले गत मंगलबारबाट बाबु एड्भेन्चर्स स्कुलमा प्याराग्लाईडिङ कोर्ष सिक्न थालेका छन् । “संसारलाई साढे पाँच फन्को” भन्ने शीर्षकको पुस्तक केही बर्षयता बजारमा ल्याएका शाह पछिल्लो समय आफ्नै जन्मथलो दोलखा मकैबारीमा समाजसेवा कार्यमा सक्रिय रुपले लागिरहेका थिए । पहिलो दिनको प्याराग्लाईडिङ कोर्षमा सिक्दै गर्दा उनले हर्सित हुँदै भने – ‘यो मेरो धेरै पहिलेदेखिको सिक्ने चाहना थियो तर सिक्ने एउटा समय र मौका मिलिरहेको थिएन । सानो बाबु सुनुवार जीसंग मेरो निकै लामो समयदेखि चिनजान भइराखेकोले आज बल्ल यो सिक्ने अवसर प्राप्त भयो ।’ आफू प्याराग्लाईडिङ कोर्ष कुनै व्यवसायीक प्रयोजनको निम्ती नसिकेको उनी बताउछन् । आफ्नो व्यक्तिगत रुचि र साहसिक क्षेत्रको जुनसुकै विद्या पनि आफूलाई मन परेकोले यो कोर्ष सिकेको बताउँछन् । उनसंगै स्याङजा जिल्लामा पर्यटनलाई प्रबद्र्धन गर्ने व्यवसायी कृष्णजङ्ग के.सी. लगायत नेपाली तथा विदेशी प्रशिक्षार्थीहरु बाबु एड्भेन्चर्स प्याराग्लाईडिङ स्कुलमा सिकिरहेका छन् । पछिल्लो केहि समयदेखि नेपालमै पहिलो प्याराग्लाइडिङ स्कुल बाबु एड्भेन्चर्स स्कुल स्वरेक १ स्याङजाले विदेशी तथा स्वदेशी व्यक्तिहरुलाई प्याराग्लाईडिङ कार्ष सिकाइरहका छन् । नेपालको पर्यटनलाई अझ बृहत बनाउनको निम्ती धेरै भन्दा धेरै दक्ष पाइलटहरु उत्पादन गरिरहेका यस स्कुलले २०१७ को नयाँ कार्ष आजबाट पुनः सञ्चालनमा ल्याएको हो ।

पुष्कर शाह

विशेष