News

हिउँ चितुवा पाइने देशका मन्त्रिस्तरीय बैठक नेपालमा हुने

हिउँ चितुवा पाइने देशका मन्त्रिस्तरीय बैठक नेपालमा हुने
पुस - २७ । सङ्कटापन्न हिउँ चितुवा संरक्षणमा विश्वव्यापी प्रयासः प्रगति र आगामी कदम बारेमा हिउँ चितुवा पाइने देशका मन्त्रिस्तरीय बैठक आगामी माघ ४ देखि ७ गतेसम्म नेपालमा हुने भएको छ । ‘हिउँ चितुवा र परिस्थितिकीय प्रणाली संरक्षण कार्यक्रमको व्यवस्थापन योजना (जिएसएलईपी) तथा सर्वेक्षण कार्यशाला’ र त्यस सम्बन्धी दोस्रो उच्चस्तरीय सञ्चालन समितिको बैठक हुने वन तथा भू–संरक्षण मन्त्रालयले जनाएको छ । विश्वमा हिउँ चितुवा नेपालका साथै अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिजिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ । सम्मेलनबारे जानकारी दिन मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा सहसचिव डा महेश्वर ढकालले सबै देशबाट मन्त्री र उच्चस्तरीय प्रतिनिधिको सहभागिता रहने निश्चित भएको जानकारी दिए । उनले बैठकमा आगामी योजनाको लागि स्रोत परिचालन रणनीतिको पहिचान गर्ने, हिउँ चितुवाको अवैध चोरी सिकार तथा व्यापार विरुद्ध जुध्न साझा विचार विकास गर्ने र हिउँ चितुवा सम्बन्धी अध्ययन अनुसन्धानमा पहलकदमी लिनेलगायत मुख्य विषयमा छलफल हुने बताए ।

हिउँ चितुवा

विशेष