विदेश

इटालिका प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार

इटालिका प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार
पुस - २७ । इटालिका प्रधानमन्त्री पाओलो जेन्टिलोनीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएको अस्पताल स्रोतले बुधबार जानकारी दिएको छ । फ्रान्ससँगको द्विपक्षीय वार्ता बैठकबाट फर्काएका इटालिका प्रधानमन्त्री पाओलो जेन्टिलोनी बाटैमा अचानक थला पर्नुभएको उनको कार्यालय चिजी प्यालेसले जनाएको थियो । चिजी प्यालेसले प्रधानमन्त्रीको रोगसम्बन्धी थप विस्तृत विवरण नखुलाए ता पनि इटालिको समाचार समिति आन्साले रोमको स्थानीय जेमेल्ली अस्पतालमा प्रधानमन्त्री जेन्टिलोनीको तत्कालै एन्जियोप्लास्टी शल्यक्रिया (मुटु रोगसम्बन्धी गम्भीर र विशेष खालको शल्यक्रिया) सम्पन्न गरिएको र हाल उहाँको स्वास्थ्य स्थिति स्थिर र राम्ररी सुधार भइरहेको जनाएको छ । पेरिसबाट रोम फर्किने क्रममा अकस्मात् बिरामी पर्नु भएपछि उनलाई सिधै अस्पताल लगी भर्ना गरिएको थियो । प्रधानमन्त्री जेन्टिलोनी हाल ६२ वर्षका छन् । इटालिको पूर्व प्रधानमन्त्रीसहित मन्त्रिमण्डलका सबै सदस्यले राजीनामा दिएपछि गत महिनादेखि मात्र उहाँले कार्यभार सम्हाल्न सुरु गरेका थिए। यसअघि, पूर्वप्रधानमन्त्री म्याटेओ रेन्जिको सरकारमा उनले विदेश मन्त्रालयको जिम्मेवारी निर्वाह गरेका थिए

paolo-jentinely

विशेष