News

क्याप्टेन बेपत्ता भएपछि मध्यरातमा जहाज भित्र यस्तो सम्म !

पुस २८ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट कतारको दोहा जान एक सय ९० यात्रु नेपाल वायुसेवा निगमको जहाजभित्र सिटमा तम्तयार छन् ।

जहाज मंगलबार राति साढे ११ बजे उड्ने तालिका अनुसार एक घण्टादेखि तयारी हालतमा छ अनि एयर होस्टेस, स्टेवार्ड (चालक दल सदस्य) सबै दुरुस्त ।

करिब आधा घण्टा अघि नै जहाजभित्र छिरिसकेका यात्रु अझै किन जहाज नउडेको हो भन्ने मेसो पाउँदैनन् । चालक दलका सदस्यले बल्ल साढे ११ बजे थाहा पाए– जहाज कमाण्ड गर्दै दोहासम्म उडाएर लैजानुपर्ने वरिष्ठ क्याप्टेन ओमबहादुर (ओबी) गुरुङको मोबाइल फोन ‘स्वीच अफ’ छ ।

उडान तालिका अनुसार उड्नु एक घण्टा अघि नै क्याप्टेन र को–पाइलट विमानस्थल पुगिसकेको हुनुपर्छ । तर क्याप्टेन गुरुङ भने मोबाइल स्वीच अफ गरेर ‘गैरजिम्मेवार’ तरिकाले सम्पर्क्विहीन भएपछि बाँकी चालक दलले उडान रद्द भएको घोषणा ग¥यो । यात्रु निराश हुँदै मध्यरात १२ बजेबाट जहाजबाट बाहिर निस्किए । निगम व्यवस्थापनले उनीहरुलाई मध्यरात बल्लबल्ल होटल खोजेर सुत्ने व्यवस्था मिलाइदियो ।

उनीहरु बुधबार बिहान निगमकै त्यही जहाजबाट बल्ल दोहा उड्न पाए । सम्बद्ध स्रोतका अनुसार क्याप्टेन गुरुङले जहाज उडाउन नआउनुको कारण भने उनको उडान अनुमतिपत्र (लाइसेन्स) को म्याद सकिनु पो रहेछ ।

‘क्याप्टेन गुरुङको गल्ती त छँदैछ, तर सबैभन्दा ठूलो गल्ती लाइसेन्स म्याद सकिएका क्याप्टेनलाई जहाज उडान तालिकामा राख्ने व्यवस्थापनको हो,’ सम्वद्ध स्रोतले भन्यो, ‘यसमा सम्वद्ध सबैलाई कडा कारवाही गर्नुपर्छ ।’

नागरिक

Plain

विशेष