विदेश

बिहारमा आफ्नै सहकर्मीमाथि गोली प्रहार, चार सुरक्षाकर्मीको मृत्यु

बिहारमा आफ्नै सहकर्मीमाथि गोली प्रहार, चार सुरक्षाकर्मीको मृत्यु
पुस - २८ । भारतीय अर्धसैनिक सुरक्षा बलका एक जवानले भारतको बिहार राज्यको औरङ्गावाद शहरमा आफ्नै सहकर्मीमाथि गोली चलाउँदा चार सुरक्षाकर्मीको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् । औरङ्गवाद शहरको ‘सेन्ट्रल इन्डष्ट्रियल सेकुरिटी फोर्स’ मा कार्यरत सुरक्षा अधिकारीबीच सुरक्षा बिषयमा एक आपसमा जानकारी गराइरहेका समयमा भएको बताइएको छ । छलपलका क्रममा अर्धसैनिक सुरक्षा अधिकारीले गोली चलाउँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने गम्भीर घाइते दुई जनाको उपचारका क्रममा मृत्युभएको उनले आफ्नो नाम गोप्य राख्ने शर्तमा बताए । घटनास्थल विहारको राजधानी पटनाबाट १२० किलोमिटर टाढा पर्दछ ।

विशेष